संघीयता कार्यान्वयनबारे केपी ओलीमात्रै होइन काठमाडौँ बस्ने सबै नेतालाई बुझेको छु : पृथ्वीसुब्बा गुरुङ
काठमाडौँ : गण्डकीका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले प्रदेश सभालाई डमरुसँग तुलना गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत मागेपछि आफ्नो धारणा राख्नेक्रममा गुरुङले यस्तो बताएका हुन् । ‘प्रदेश सरकार डमरु जस्तो छ । माथि पनि फुकेको, तल पनि फुकेको बीचमा सुकेको । कहाँ छ प्रदेश सरकारसँग अधिकार । राजस्व त उठाउन पाइँदैन । बजेट माथिबाट आउँछ’ उनले भने ।
त्यस्तै उनले केपी ओली मात्रै होइनन काठमाडौँमा बस्नेहरुले संघीयता कार्यान्वयनमा सहयोग नगरेको उनको भनाइ छ । ‘तपाईँहरु केपी ओली मात्रै भन्नु हुन्छ । म काठमाडौँमा बसेका सबै नेताहरुलाई भन्छु । काठमाडौँमा बस्ने मन्त्रीहरुको मानसिकता बुझेको छु,’ उनले भने, ‘पहिलो संविधान सभाको सदस्य भएको हिसाबले हरेक नेताको कुरा सुनेको छ ु। कसले कहाँ प्रयोग गरे । कस्ले व्यापारको कुरा गर्छ हामीले बुझेका छौँ । त्यहाँ (काठमाडौं)को मानसिकता खराब छ । किन रहन्छ ५० कर्मचारी प्रदेशमा किन आउँदैन १५ २० हजार । खाली यो एक जनाको कारणले मात्रै हो ? त्यहाँ मुख्यसचिवदेखि सारा सचिवको कुरा छ ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया