शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

बजेट कार्यान्वयनका लागि आर्थिक अनुशासन कायम गर्नुपर्छ : नेता पन्त

फाइल तस्बिर

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता एवं सांसद रघुजी पन्तले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक अनुशासनहीनतालाई नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले तोकिएको राजस्व नउठे के गर्ने भनी प्रश्न गरे ।

उनले भने “अघिल्लो वर्ष पनि तोकिएको लक्ष्यअनुसार राजस्वको उठेन, यो बजेटमा पनि निर्धारित राजस्व उठेन भने कसरी पूर्ति गर्नुहुन्छ ।” बजेटमार्फत कृषि लगानी वर्ष घोषणा गरिए पनि बजेट घटेको भन्दै उनले लक्ष्य हासिल हुनेमा संका व्यक्त गरे । अनुत्पादक पूँजीगत बजेटलाई पनि कटौती गर्नुपर्ने उनको धारणा थियो ।

बजेटमा केही अन्तरविरोधी विषय भएको उल्लेख गर्दै सांसद पन्तले राखिएका लक्ष्य पूरा हुनेमा आशङ्का व्यक्त गर्दै  बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । “विभिन्न आशंका छन् । बजेटलाई यथार्थवादी भएर समीक्षा गर्दै पूँजीगत खर्चमा कडा हुन अर्थमन्त्रीलाई मेरो आग्रह छ”, उनले भने । यसैगरी काठमाडौँ–हेटौँडा दू्रतमार्ग बनेमा पेट्रोलियम पदार्थमा जाने ठूलो रकम बचत हुने भन्दै उनले उक्त आयोजना चाँडो कार्यान्वयन गर्न आवश्यक बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । 

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको हुँ

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः सांसद बर्तौला

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः स…