पृथ्वीसुब्बाको दाबीः तमुवान् नाम राखे सरकार जोगाइदिने प्रस्ताव आएको थियो
पोखरा : गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको नाम तमुवान राखे आफ्नो सरकार जोगाइदिने प्रस्ताव आएको दाबी गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
आफूलाई संसदको एउटा दलले त्यस्तो अफर गरेपनि आफूले नस्वीकारेको उनले बताए । कुन पार्टी हो भन्ने बारे उनले केही खुलाएनन् । ‘यो समिकरण बनाउने बेला धेरै साथीहरुसँग कुरा गर्यौँ । एउटा पार्टीले भन्यो प्रदेशको नाम तमुवान् राखिस् भने तेरो सरकार जोगाउँछु भनेर,’ गुरुङको दाबी थियो, ‘मैले मानिनँ । चाहिँदैन, यो बाटोमा हिँड्न सक्दिनँ भनें ।’
गुरुङले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिन सक्दिनँ भन्न नसक्ने बताए । पोखरेले परिपक्व, शालीन व्यक्तित्व भएकाले उनलाई विश्वासको मत दिन्नँ भन्न नसक्ने गुरुङले बताए । तर पोखरेलले अवसरवादीलाई लिएर सरकार बनाएकाले विश्वासको मत दिन नसक्ने उनको भनाइ थियो । ‘उहाँलाई म विश्वासको मत दिन्नँ भन्न गाह्रो भयो । कृष्णचन्द्रलाई दिनुहोस् भन्नुभएको होइन । मेरो नेतृत्वमा बनेको सरकारलाई भन्नुभएको छ,’ गुरुङले भने, ‘जुन धरातलमा अवसरवादीहरुको गठबन्धन भएको छ, त्यो गठबन्धनलाई एमालेले विश्वासको मत दिन सक्दैन ।’
आफूहरू प्रतिपक्षीमा रहेर रचनात्मक भूमिका निभाउने गुरुङको दाबी छ । सरकारका जुनै काममा पनि विरोध गर्ने प्रतिपक्षी नभई राम्रा कामको तारिफ पनि गर्ने गरी सरकारमा बस्ने उनको दाबी थियो । ‘हामी प्रतिपक्षीमा बस्दा निरपेक्ष रुपमा विरोध गर्नुपर्ने, खण्डन गर्नुपर्ने संस्कार छ, हामी एमाले त्यो बाट मुक्त हुन चाहन्छ,’ गुरुङले बताए ।
प्रदेशको गौरवका योजना, जनताका गौरव माथि उठ्ने काममा एमालेले प्रतिपक्षीमै बसेर पनि समर्थन गर्ने उनले बताए । संघीयताको सबलीकरणमा लागे अहिलेको सरकारमा सहकार्य गर्न एमाले तयार भएको पनि उनले सुनाए । ‘प्रदेश सरकारको तहबाट संघीयताको पक्षमा डटेर लाग्छ भने तपाईंहरूलाई एमाले सहयोग गर्न तयार छ । संघीयताको खातिर तपाईंहरुको काम त्यो यात्रामा साँच्चै हिँड्छ भने हामी सहयात्रा गर्न तयार छौं,’ गुरुङले भने ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदैछन् । त्यसअघि विश्वासको मत सम्बन्धी प्रस्तावमा सांसदहरूले छलफल गरिरहेका छन् ।
व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा, २३ मा मिलापत्र

बजेट अभावले आधारभूत अस्पताल अधुरै
जुनियर टेनिस प्रतियोगिता आजदेखि

महासचिव पाण्डे गृह जिल्लामा सम्मानित

बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान
चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

प्रतिक्रिया