मधेश प्रदेशसभा बैठक अवरोध
जनकपुर- आज सुरु भएको मधेश प्रदेशसभा बैठक प्रतिपक्षी दल जनमत पार्टीले अवरुद्ध गरेको छ ।
करिब दुई महिनापछि प्रदेशसभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको छ । बैठक सुरु हुनासाथ आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि जनमतले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
सप्तरीको राजविराजमा एक मन्त्रीमाथि प्रहरीबाट आक्रमण भएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर बैठक जनमतले अवरुद्ध गरेको हो । जनमतका सदस्य सञ्जय यादवले मन्त्रीमाथि भएको आक्रमणको छानबिन नभएसम्म संसद् चल्न नदिने बताए । 'त्यो माग पूरा गर्नुपर्छ र समिति गठन नगरेसम्म सदन चल्न दिँदैनौँ,' उनले भने ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया