'तत्काल गठबन्धन तलमाथि हुने र माधव नेपाल गठबन्धन छाडेर हिँडिहाल्ने अवस्था छैन'
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले सत्ता समीकरण सहज ढंगले नै अघि बढिरहेको बताएका छन् ।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले बाहिर हल्ला चलाएजस्तो सत्ता समीकरणभित्र कुनै समस्या नरहेको भन्दै सरकार र समीकरण सहज ढंगले नै अघि बढिरहेको बताएका हुन् । उनले विभिन्न दल मिलेर नयाँ समीकरण बनेको भन्दै दलहरूको फरक फरक विचार र बुझाइ हुनु स्वाभाविक भएको धारणा राखे ।
तत्काल गठबन्धन तलमाथि हुने र माधव नेपाल गठबन्धन छाडेर हिँडिहाल्ने अवस्था नरहेको उनको भनाइ छ । उनले बजेटलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जनतामा आशा जगाउने काम गर्ने धारणा राखे ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया