प्रभु बैंक र यूएसएआइडीबीच सम्झौता, रोजगार सिर्जना गर्न परियोजना निर्माण गर्ने

काठमाडौँ- प्रभु बैंक लिमिटेड र यूएसएआइडी (USAID Trade & Competitiveness) बीच सम्झौता भएको छ । सम्झौता स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरूको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने ‘Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal' नामक परियोजनाका लागि सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा (USAID Trade & Competitiveness) का तर्फबाट प्रतिनिधि मार्कस् मुलरले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई दिगो रूपमा लघु, साना र मध्यम आकारका उद्यमका लागि वित्तीय उत्पादन र सेवाहरूमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरूलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरूमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया