लमजुङको बिजुलीले देशै झिलिमिली तर लमजुङबासी नै मारमा

काठमाडौँ : यहाँ उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा बढी आयोजनाबाट बिजुली उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोडी सके पनि यहाँका बासिन्दा भने पटकपटक बिजुली आउने र जाने समस्याले मारमा परेका हुन् ।
यतिबेला दैनिक ५०/६० पटक बिजुली आउने जाने गर्नाले जिल्लामा दैनिक कामकाज प्रभावित हुँदा उपभोक्ता मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणको मातहतमा रहेको लमजुङ विद्युत् उपभोक्ता संस्थाले लमजुङ र तनहुँमा गरी करीब ३१ हजार घरधुरीमा विद्युत् सेवा दिँदै आएको छ । संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेका अनुसार जिल्लामा प्रत्येक महिना १२ देखि १३ लाख युनिट विद्युत् खपत हुँदै आएको छ ।
लमजुङ पानी उद्योगका सञ्चालक राजेश थापाले बिजुलीको अनियमित आपूर्तिले गर्दा व्यवसायीलाई ठूलो नोक्सान भइरहेको बताए । बेँसीशहर नगरपालिका-३ बाहुनबेँसीका विश्वविनोद घिमिरेले बत्ती आउने जाने समस्याले बालबालिकालाई अनलाइन माध्यमबाट पढाउन समेत समस्या भएको गुनासो सुनाए । संस्थाका अध्यक्ष घिमिरेले सुरुमा चार हजार ५०० जनाको लागि बनाएको संरचनाले हालसम्म पनि त्यसमै भर पर्नुपर्दा, बिजुलीका पोलहरू काठका भएको र फेर्नुपर्ने, २० एमबीको ट्रान्सफर्मरर नभएको र यसबारेमा प्राधिकरणले चासो नदिँदा बत्ती जाने आउने समस्या भएको बताए ।
व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा, २३ मा मिलापत्र

बजेट अभावले आधारभूत अस्पताल अधुरै
जुनियर टेनिस प्रतियोगिता आजदेखि

महासचिव पाण्डे गृह जिल्लामा सम्मानित

बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान
चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

प्रतिक्रिया