करण सामू टी-२० मा १०० विकेटको कीर्तिमान बनाउने अवसर

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत नेपालका फास्ट बलर करण केसी सामू कीर्तिमान बनाउने अवसर आएको छ ।
क्रिकेट विश्वकपकै क्रममा केवल १० विकेट हात पार्न सके करणले नेपालका लागि टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमान बनाउन सफल हुनेछन् ।
उनले १० विकेट हात पार्न सकेको खण्डमा टी-ट्वान्टी अन्तर्राष्ट्रियमा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्ने कीर्तिमान कायम गर्नेछन् ।
करणले अहिले ६८ टी-ट्वान्टी खेलमा ९० विकेट हात पारिसकेका छन् । एक सय विकेट हात पार्न केवल १० विकेट बाँकी छ ।
सो कीर्तिमान पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको नाममा आउने सम्भावना बलियो बनेको थियो तर उनी विश्वकप खेल्नका लागि अमेरिका जान नपाएपछि करण सामू उक्त अवसर आएको हो ।
सन्दीपले भने ५१ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमै ९८ हात पारिसकेका छन् । उनी एक सय विकेट हात पार्ने पहिलो नेपाली खेलाडी बन्न केवल २ विकेट टाढा भएपनि त्यो तत्काल सम्भव हुने सम्भावना कम छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया