पञ्जाबको जालंधरबाट कांग्रेसका चरणजित सिंह चन्नी विजयी

काठमाडौँ - पञ्जाबको जालंधरबाट कांग्रेसका चरणजित सिंह चन्नी विजयी भएका छन् । पञ्जाबको जालंधर लोकसभा सिटमा राज्यका पूर्व मुख्यमन्त्री चरणजीत सिंह चान्नी विजयी भएका छन् ।
यस सिटमा कांग्रेस नेता चरणजीत सिंह चन्नीले भाजपाका सुशील कुमार रिंकुलाई १ लाख ७५ हजार ९९३ मतले पराजित गरेका छन् ।
चन्नीले ३ लाख ९० हजार ५३ मत पाएका छन् । यस सिटमा सन् १९९९ देखि २०१९ सम्म कांग्रेसको वर्चस्व थियो तर पछिल्लो चुनावमा यहाँबाट आम आदमी पार्टीले जित हासिल गरेको थियो ।
पञ्जाबमा कुल १३ लोकसभा सीटहरू छन्। चन्नीको जितपछि बाँकी रहेका १२ सिटमध्ये कांग्रेस ६, आम आदमी पार्टी ३, शिरोमणि अकाली दल १ र २ सिटमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया