एकीकृत सामाजवादी मधेश सरकारबाट बाहिरियो

काठमाडौँ- मधेश प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ ।
मधेश सरकारमा एकीकृत समाजवादीका दुई मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा दिनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेली रहेका छन् ।
मधेशमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले यस अघि नै सहमति गरिसकेका छन् ।
मधेशमा एमालेसहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादी वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य चाहिन्छ ।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ । जसमा एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया