बेलुनमा फोहोर पठाएपछि दक्षिण कोरियाले खारेज गर्यो उत्तर कोरियासँगको शान्ति सम्झौता

काठमाडौँ- फोहोरले भरिएको बेलुन उडाएको भन्दै दक्षिण कोरियाले उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित गरेको घोषणा गरेको छ ।
यद्यपी उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्ने बताएको छ । दक्षिण कोरियामा पछिल्लो समय पर्चा वितरण गर्ने जनताको अभियानबाट आक्रोशित उत्तर कोरियाले केही दिनयता फोहोरले भरिएको बेलुन छिमेकी मुलुकतर्फ उडाएको थियो ।
दक्षिण उत्तर कोरियाको यो कदमको जवाफमा कोरियाले कडा कारबाही गर्ने जनाएको छ । तर, उत्तर कोरियाले यसअघि नै सीमापार बेलुन उडान रोक्ने घोषणा गरिसकेको छ ।
सोमबार दक्षिण कोरियाको राष्ट्रपतिको राष्ट्रिय सुरक्षा परिषदले काउन्सिलले २०१८ अन्तर-कोरियाली सम्झौता निलम्बन गर्ने निर्णय गरेको बताएको छ। यस सम्झौताको उद्देश्य दुई कोरियाबीच आपसी विश्वास पुनर्स्थापना नभएसम्म सीमा युद्धलाई कम गर्ने थियो ।
सम्झौता निलम्बनसम्बन्धी प्रस्तावलाई मंगलबार अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेश गरिने सुरक्षा परिषदले जनाएको छ । उत्तर कोरियाले गत मंगलबारदेखि दक्षिण कोरियाका विभिन्न भागमा एक हजारभन्दा बढी बेलुन उडाएको छ, जसमा मल, चुरोटको बट्टा, कपडाका टुक्रा र फोहोर कागजले भरिएको थियो ।

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया