ताइवानको सीमा नजिकै देखिए २६ चिनियाँ लडाकु विमान र १० युद्धपोत

काठमाडौँ- ताइवानले मंगलबार र बुधबार बिहान करिब २६ चिनियाँ लडाकु विमान र १० वटा युद्धपोत ताइवानको सीमा नजिकै देखिएको बताएको छ ।
ताइवानी सञ्चारमाध्यमका अनुसार २६ मध्ये १९ वटा लडाकु विमानले चीन र ताइवानबीचको सिमानालाई विभाजित गर्ने मध्य रेखा पार गरेका छन् । चीनको यो कदमलाई उत्तेजक कार्यको रुपमा व्याख्या गरिएको छ ।
चिनियाँ लडाकु विमानको जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमान र युद्धपोत पठाएको ताइवानी मिडियाले जनाएका छन् । साथै चीनको कुनै पनि दुस्साहसलाई जवाफ दिन सक्ने गरी तटीय क्षेत्रमा आफ्नो मिसाइल प्रणाली सक्रिय गरेको छ ।
नयाँ राष्ट्रपति लाइ चिङ तेहले मे २० मा ताइवानको राष्ट्रपतिको रूपमा शपथ लिएका थिए । नयाँ सरकार गठन भएदेखि नै चीनको अडान आक्रामक रहेको छ र यसका लडाकु विमान र युद्धपोतहरू लगातार ताइवानको वरिपरि घुमिरहेका छन् ।
चीनको यो कदमलाई उक्साहटको रुपमा हेरिएको छ । वास्तवमा आफ्नो सपथ ग्रहण समारोहमा नयाँ राष्ट्रपति लाइ चिङ तेहले आफ्नो भाषणमा ताइवानको स्वतन्त्रताको बारेमा कुरा गरे, जसले चीन रिसाएको छ ।
हालै चिनियाँ सेनाका एक वरिष्ठ अधिकारी कर्नेल वु छियानले ताइवानको स्वतन्त्रताको अर्थ युद्ध मात्रै हो र ताइवानमा पृथकतावादी गतिविधिलाई समर्थन गर्ने कुनै पनि विदेशी हस्तक्षेप स्वीकार गरिने छैन र त्यसविरुद्ध कडा कारबाही गरिने बताएका थिए ।
चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ र त्यसैले उसले ताइवानको स्वतन्त्रताको विरोध गर्दछ । ताइवानमा नयाँ सरकार गठन भएदेखि नै चिनियाँ सेनाका लडाकु विमानहरू दिनहुँ ताइवानको सिमानामा घुमिरहेका छन् । पछिल्लो घटनालाई पनि दबाब सिर्जना गर्ने रणनीतिसँग जोडिएको छ ।

५ बजेदेखि युद्ध र सैन्य कारबाही रोक्ने सहमति भयो : भारत

पाकिस्तानी विदेशमन्त्री डारले भने- युद्धविराममा सहमति भयो

डोनाल्ड ट्रम्पको दाबी : अमेरिकाको मध्यस्थतामा युद्धविरामका लागि भारत र पाकिस्ता…

पाकिस्तानसँगको द्वन्द्वले भारतका दर्जनौं विमानस्थल अस्थायी रूपमा बन्द
भारतको ‘अप्रेशन सिन्दूर’विरूद्ध पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’

ट्रम्प मध्यपुर्वमा निस्कनुअघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

प्रतिक्रिया