मधेसका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

काठमाडौं - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन सकेनन् । आजको बैठकमा उपस्थित १०३ सांसदमधये यादवको पक्षमा ५० मत आयो । उनको विपक्षमा ५३ सांसदले मतदान गरे । बहुमतका लागि ५४ सांसदको मत आवश्यक पर्छ ।
जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका यादवले पार्टी विभाजन भएको ३०औँ दिनमा विश्वासको मत मागेका थिए ।
संविधानको धारा १८८ को २ अनुसार मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि ०७९ माघ ४ गते, ०८० जेठ ३० गते, ०८१ फागुन ६ गते र ०८१ वैशाख ४ गते विश्वासको मत लिएका थिए ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया