मधेशमा जनमतले सिंहलाई मुख्यमन्त्री बनाउने, दाबी पेस गरिँदै

जनकपुरधाम- मधेश प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन आज दाबी पेश गर्ने तयारी भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् ।
जनमतले सतिश कुमार सिंहलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ ।
एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सिंहले आजै सरकारमा दाबी पेश गर्ने तयारी गरेका छन् ।
यसअघि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भएको भएपनि जनमतले सिंहलाई अगाडि सारेको छ ।
मधेशमा जनमत पार्टीको १३, एमालेको २४, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको छ ।
सिंह सप्तरीको निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित भएका हुन् ।

प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै

रौतहटमा साढे ५ करोड बढीको अबैध सामान बरामद, १०३ तस्कर पक्राउ

सिरहाको बेतौनावासीको गुनासो ‘हाम्रो आवाज सुन्ने कोही भएनन्’

चन्द्रपुरमा लम्पी स्किनविरुद्ध निःशुल्क औषधि वितरण

करेन्ट लागेर महिलाको मृत्यु

पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
उच्च अदालत जनकपुरधाममा ४४११ मुद्दा फछ्र्यौट

प्रतिक्रिया