अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन

काठमाडौँ- अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरेको हो । त्यसअघि बैठकमा उक्त सम्झौतामाथि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले सम्झौताका कारण मुलुकलाई हुने लाभका बारेमा जिज्ञासा राखेका थिए ।
सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा सम्झौता भएको जानकारी दिए । सम्झौमा हस्ताक्षर गर्ने क्रममा पर्याप्त राष्ट्रिय हितलाई ध्यान दिइएको र मुलुकलाई थप कुनै आर्थिक दायित्व नथपिने उनले बताए ।
मन्त्री बस्नेतले सम्झौताकै कारण ऊर्जा उत्पादनमा नेपाललाई कुनै बाधा नपर्ने स्पष्ट पारे । ऊर्जा मिश्रणको अवधारणाबाटै सौर्य ऊर्जाबाट मुलुकलाई सुक्खायाममा आवश्यक पर्ने विद्युत् पूर्ति गर्न सकिने भन्दै उनले पहिलो प्राथमिकता भने जलविद्युत् नै रहेको बताए ।
त्यस्तै उनले सरकारले जलाशययुक्त जलविद्युत् आयोजनालाई पनि महत्वका साथ अघि बढाउने सोचमा रहेको जानकारी दिए ।

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले तयारी गर्नू : सभापति थापा

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

प्रतिक्रिया