विपद् व्यवस्थापन टोलीद्वारा दक्षिणकाली सवारी दुर्घटनामा मृत्यु भएका महिला र पुरुषको शवको उद्धार

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका-८ केराबारीस्थति सवारी दुर्घटना भई सडकबाट भीरमा लडेर महिला र पुरुषको मृत्यु भएको छ ।
दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरूको शव भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ०४ बस्ने अन्दाजी वर्ष ३२ की सबिना राई र स्थायी वतन जिल्ला धादिङ सिद्धलेख गा.पा. वडा नं.५ हाल जिल्ला भक्तपुर बस्दै आएका अन्दाजी वर्ष ४२ को राम चन्द्र खनाल रहेका छन् । उनीहरू भिर/पहरामा अड्केको भन्ने खबर प्राप्त हुनासाथ नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीबाट प्र.नि. डबलबहादुर बमको कमाण्डमा २५ जनाको विपद् उद्धार टोलीले घटनास्थलमा गई दुवै जनाको उद्धार गरेको थियो ।
आवश्यक उद्धार सामग्रीसहित खटिई गई दुवै जनाको मृत उद्धार गरी स्थानीय प्रहरीलाई बुझाए पश्चचात विपद् उद्धार टोली फिर्ता भएको विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।
शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएको थियो । दुर्घटना आज बिहान ५:३० बजे भएको जनाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया