मुलुकलाई अप्ठेरो पर्दा सबै राजनीतिक दलहरू एक भएर अघि बढ्नुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मुलुकलाई अप्ठेरो पर्दा सबै राजनीतिक दलहरू एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग छलफल गर्दै लामिछानेले राजनीतिक विपत्ति वा प्राकृतिक विपत्तिमा राजनीतिक दलहरू एकै ठाउँ उभिएको इतिहास रहेको भन्दै विपद व्यवस्थापनलाई चूस्त बनाउन पनि एक भएर अघि बढ्नुपर्ने बताए ।
यस बर्ष मनसुनमा हुनसक्ने प्राकृतिक विपतबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न एक महिनादेखि नै पूर्वतयारी भइरहेको उनले जानकारी दिए ।
गृहमन्त्री लामिछानेले राजनीतिक दलहरूसँग विपद व्यवस्थापनसम्बन्धी अनुभव भएकाले सरकारले सबैको अनुभवलाई सँगै लिएर मनसुन पूर्वतयारी र क्षति न्यूनीकरण गर्ने धारणा राखे । उनले विपद् पर्दा एकै ठाउँ बस्न सक्ने गरि राजनीतिक दलका प्रतिनिधि सम्मीलित फोरम बनाउन आफू तयार रहेको बताए ।
बैठकमा कांग्रेस नेता मोहन बस्नेतले प्राकृतिक विपद्पछि एकद्वार नीति लागू गर्दा पीडितहरुले समयमा नै राहत पाउन सक्ने अवस्था नदेखिएको बताए । तर विपदपछि पुननिर्माणमा समयमा भने एकद्वार नीतिको आवश्यक रहेको उनको भनाइ छ ।
त्यस्तै राप्रपा सांसद ज्ञान बहादुर शाहीले बाढी पहिरोका कारण जमिन गुमेका नागरिकलाई अन्य स्थानमा जग्गा दिएर पुनर्वास गर्ने गरि कानुन बनाउन सुझाव दिए ।
त्यस्तै अन्य दलका नेताहरूले प्राकृतिक विपत्तिबाट क्षतिको न्यूनीकरणसँगै त्यसपछिको अवस्थामा पीडितहरुको सहज जीवनयापनका लागि योजना बनाउनुपर्ने धारणा राखेका थिए ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया