सुडानमा भएको आक्रमणमा १०० जनाको मृत्यु

सुडान - मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा १०० जनाको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक आन्दोलनकारीको समितिले बिहीबार जनाएको छ ।
सन् २०२३ अप्रिलदेखि नियमित सेनासँग युद्धमा रहेका र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले बुधबार अल–जजिरा राज्यको वाड अल–नौरा गाउँमा भारी तोपखानाले ‘दुई लहरमा’ आक्रमण गरेको मदनी प्रतिरोध समितिले जनाएको छ ।
डराएका अर्धसैनिक बलहरूले ‘गाउँमा आक्रमण हुदाँ कैयौँ विस्थापित हुनुका साथै दर्जनौंको ज्यान गएको’ बताएका छन् ।
आक्रमणबाट सयौँ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने सयौँको सङ्ख्यामा मृतक तथा घाइते भएको पुष्टिको पर्खाइमा स्थानीयहरू रहेको स्रोतले जनाएको छ ।
सामाजिक सञ्जालमा समितिले सार्वजनिक चोकमा ‘सामूहिक हत्या’ भएको भन्दै आँगनमा सेतो कफनको पङ्क्ति राखिएको भिडियो फुटेज सार्वजनिक गरेको छन् ।
एक वर्षको समयभित्रै, युद्धले दशौँ हजार व्यक्तिको ज्यान लिएको छ । द्वन्द्वका कारण पश्चिम डार्फर सहरमा १५ हजारभन्दा बढी मारिएका छन् ।
सुडानका लागि अमेरिकी विशेष दूत टम पेरियेलोका अनुसार युद्धमा परी मृत्युवरण गर्नेहरूको सङ्ख्या एक लाख ५० हजारको हाराहारीमा रहेको जनाएका छन् ।
आरएसएफले सुडानका गाउँहरू, विशेष गरी अल–जाजिराको कृषि क्षेत्रमा बारम्बार घेराबन्दी र आक्रमण गरेको छ ।
बिहीबारको जानकारीमा आरएसएफले वाड अल–नौरा क्षेत्रका तीनवटा सैन्य शिविरमा आक्रमण गरी सहर बाहिर दुश्मनसँग भिडन्त गरेको बताएको छ ।
रासस

मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा छैन : ट्रम्प

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_kQm5o2NNcC_pti0pv0mnbu35quordwy674hkp1f64cukfnugoesuykgbckhnzznnec8dgzq.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

प्रतिक्रिया