पुन: मतगणना रोक्न माग गर्दै व्यास नगरका मेयरले दायर गरे सर्वोच्चमा रिट

काठमाडौँ- तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् ।
उनले व्यासको पुन: मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनको रिटको पेसी जेठ २७ गते आइतबारका लागि तोकिएको छ ।
न्यौपानेले बिहीबार उच्च अदालत पोखराको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका हुन् ।
उनले उच्च अदालतले आफूलाई अन्याय गरेको भन्दै न्यायको माग गरेका छन् । कांग्रेसबाट निर्वाचित भएका न्यौपानेविरुद्ध उनीसँगै प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार दिपक जोशीले पुन: मतगणना गर्न माग गरेर उच्च अदालतमा रिट हालेका थिए ।
गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकाको पुन:मतगणना गर्न आदेश दिएको थियो । निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ ।
असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै अदालतले नै मिति तोकिदिएको थियो ।

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

चन्द्रपुरमा लागुऔषध नियन्त्रण अभियानः १० जनामाथि मुद्दा

विकासका लागि वित्तपोषण सम्बन्धी सम्मेलनअघि सरकारलाई नागरिक समाजको ५ बुँदे मा…

सेरीनको चौथो बुढानीलकण्ठ अन्तरविद्यालय फुट्सल प्रतियोगिता आयोजना हुँदै

शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनद्वारा “एससीएसएमएफ स्पोर्टस अवार्ड”को दोस्रो सं…
आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

प्रतिक्रिया