गण्डकीमा दमौली अस्पताल सर्वाेत्कृष्ट

दमौली : दमौली अस्पताल गण्डकी प्रदेशका जिल्ला अस्पतालमध्ये सर्वाेत्कृष्ट बनेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङ्कनका आधारमा दमौली अस्पताल यस वर्ष पहिलो भएको हो ।
मन्त्रालयले सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवाका आधारलगायत विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गर्ने गर्दछ । गतवर्ष सो अस्पतालले दोस्रो स्थान प्राप्त गरेको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालको विभिन्न मापदण्डका मूल्याङ्कनमा ६१ प्रतिशत अङ्क हासिल गरी प्रथम हुन सफल भएको जानकारी दिए ।
'कोभिडका कारण अस्पतालका नियमित सेवाहरु अवरुद्ध हुँदा प्रतिशत घटेको हो, अस्पतालको मात्र नभइ सबै जिल्ला अस्पतालका अङ्क घटेका छन्,' उनले भने । कोभिड सङ्क्रमितको उपचारका लागि अस्पतालमा प्रसूति सेवा स्थगित गरिएको छ ।
बहिरङ्ग कक्षलाई पनि कोरोना कक्ष बनाइएको छ । अस्पतालले जिल्लामै पहिलो पटक थाइराइड सेवा सुरुआत गरिसकेको छ । अस्पतालले भेन्टिलेटरसहितको सघन उपचार कक्ष सहित दाँत र आँखा सेवा पनि सञ्चालनमा ल्याएको छ ।
त्यस्तै प्रदेश सरकारले अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने जनाएको छ । प्रदेश सरकारद्वारा हालै जारी नयाँ बजेटमा जिल्ला अस्पताललाई ट्रमाका रुपमा स्तरोन्नति गर्ने उल्लेख छ । साथै अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने तयारी गरिँदै छ । यसका लागि विसं २०६२ मा नै अनुमति प्राप्त गरेको जनाइएको छ । विसं २०३४ स्वास्थ्यचौकी, विसं २०५५ प्राथमिक स्वास्थ्य केन्द्र र विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो । रासस
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया