टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी

काठमाडौँ- जारी आइसीसी टी-२० विश्वकपमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।
गएराति भएको समुह 'बी' अन्तर्गतको यस खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो ।
नामिबियाले दिएको १५६ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । यस अघि पहिला ब्याटिङ गर्दै नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
यो जितपछि स्कटल्याण्डको २ खेलमा ३ अंक भएको छ । पहिलो खेलमा इङल्याण्डविरुद्धको खेल वर्षाले रद्ध भएपछि एक अंक पाएको स्कटल्याण्ड समुह 'बी'मा २ खेलमा ३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।
त्यस्तै पहिलो खेलमा ओमानलाई हराएको नामिबियाको यो हारपछि २ खेलमा २ अंक भएको छ ।
अब स्कटल्याण्डले अर्को खेल जुन ९ मा ओमानविरुद्ध खेल्ने छ भने त्यस्तै नामिबियाले जुन १२ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया