सञ्चारकर्मी बरालको ‘माया छ कि छैन’ सार्वजनिक [भिडियो]

काठमाडौँ- गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ । गीत श्री ईश्वरी प्रोडक्शनबाट सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ । भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय देख्न सकिन्छ।
म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ । भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको रहेको छ । कोरियोग्राफी शिशिर खातीले गरेका छन् ।
शब्द, सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।
गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन् । उनी एक सञ्चारकर्मी पनि हुन् ।
भिडियो:

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया