एकै महिनामा थपियो अमेरिकामा दुई लाख ७२ हजार रोजगारी

वासिङ्टन- अमेरिकी रोजगारदाताहरूले मे महिनामा दुई लाख ७२ हजार रोजगारी थपेका छन् । रोजगारी अप्रिल महिनादेखि बढिरहेको छ ।
निरन्तर उच्च ब्याजदरका बाबजुद कम्पनीहरू रोजगारी जारी राख्न अर्थतन्त्रमा पर्याप्त विश्वस्त छन् भन्ने यसले सङ्केत दिएको छ ।
गत महिनाको बलियो रोजगारी वृद्धिले अमेरिकाको उपभोक्ता–सञ्चालित अर्थतन्त्रको स्थायित्वलाई झल्काउँछ । मुलुकका परिवारहरूले आफ्नो स्थिर खर्च जारी राख्दा धेरै रोजगारीदाताहरूले आफ्ना ग्राहकहरूको माग पूरा गर्नका लागि नियुक्तिहरू जारी राख्नुपरेको छ ।
श्रम विभागले शुक्रबार बेरोजगारी दर अझै पनि चार प्रतिशतभन्दा कम तीन दशमलव नौ प्रतिशतमा पुगेको बताएको छ । यसबाट बेरोजगारीको २७ महिनाको सिलसिला चार प्रतिशतभन्दा कम भएको छ । यो सन् १०६० को दशकपद्धि यस्तो प्रकारको सबैभन्दा लामो दौडसँग मेल खान्छ ।
राष्ट्रपति जो बाइडेनले शुक्रबारको रोजगारीको रिपोर्टलाई आफ्नो प्रशासनअन्तर्गत अर्थतन्त्रको बलियो स्वास्थ्यको सङ्केतका रूपमा औँल्याउन सक्ने सम्भावना छ ।
रिपब्लिकनबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले मुद्रास्फीतिमा भएको वृद्धिमा बाइडेनको आर्थिक नीतिहरूको आलोचनालाई केन्द्रीत गर्नुभएको छ । सर्वेक्षणले अर्थतन्त्रका बारेमा मतदाताहरूको आकलनमा अहिले पनि भारी असर परेको देखाउँछ । (एपी)

गाजामा स्वास्थ्य सामाग्री लुटियो, राष्ट्रसंघद्वारा दुःख व्यक्त

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

कजाकिस्तानमा भेटियो दुर्लभ धातुको अब उत्खननको चरणमा

'युक्रेन र रूस सम्भावित वार्ताअघि युद्धविराम चाहन्छन्'

अमेरिकी अदालतको फैसलापछि ट्रम्प व्यापार वार्तामा ‘पूर्ण लगानी’ गरेको इयुको भन…
रुस र युक्रेनलाई शान्ति वार्ताको गति कायम राख्न चीनको आह्वान

शतप्रतिशत गाजावासी अनिकालको जोखिममा : राष्ट्रसंघ

प्रतिक्रिया