टी-२० विश्वकपमा क्यानडाको पहिलो जित

काठमाडौँ- क्यानडाले जारी आसिसी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ ।
पहिलो पटक विश्वकप खेलिरहेको क्यानडाले गएराती सम्पन्न खेलमा टेस्ट खेल्ने देश आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।
क्यानडाले दिएको १३८ रनको लक्ष्य पछाएको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १२५ रन मात्र बनाएपछि खेल क्यानडाले १२ रनले जितेको हो । यसअघि क्यानडाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर १३७ रन बनाएको थियो ।
समुह ए मा यो जितपछि क्यानडाले २ अंक हासिल गरेको छ । पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको क्यानडाले दोस्रो खेलमा जित हासिल गरेको हो ।
त्यस्तै आयरल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ । आयरल्याण्डले पहिलो खेल भारतसँग हारेको थियो ।
अब क्यानडाले अर्को खेल जुन ११ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ भने आयरल्याण्डले भने जुन १४ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया