हमासको कैदबाट इजरायलका ४ बन्धक मुक्त

काठमाडौँ - इजरायलले हमासको कैदबाट ४ जना बन्धकलाई मुक्त गरेको छ । इजरायलले शनिबार आफ्नो सेनाले गाजाको नुसिरत क्षेत्रमा गोलीबारीका बीच यो कारबाही गरेको दाबी गरेको छ । इजरायलीहरूलाई मुक्त गर्ने अभियानमा ५० प्यालेस्टाइनीको मृत्यु भएको मिडिया रिपोर्टमा बताएको छ ।
उद्धार गरिएका बन्धकहरूमा नोआ अर्गामानी नामकी २५ वर्षीया युवती पनि छन्, जसलाई हमास लडाकुहरूले जबरजस्ती मोटरसाइकलमा लगेर लगेका थिए । अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि नोआको भिडियो भाइरल भएको थियो । नोआ बाहेक तीन युवा हमासको बन्दीबाट मुक्त भएका छन् ।
इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले बन्धकहरूलाई उद्धार गर्ने अभियान निकै कठिन र जोखिमपूर्ण रहेको बताए । हमासले इजरायली नागरिकहरूलाई मध्य गाजाको नुसिरत क्षेत्रमा दुई फरक ठाउँमा लुकाएर राखेको थियो । उनीहरुको रिहाइका लागि सेनाले जमिन, हवाई र समुद्रबाट आक्रमण गरेको थियो । उनीहरु हमासको अपहरणमा परेको २४६ दिनपछि रिहा भएका हुन् ।
इजरायलको वाईनेट मिडिया हाउसका अनुसार, प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री योभ गालान्टले बिहीबार साँझ मध्य गाजाको नुसिराटबाट चार बन्धकहरूलाई उद्धार गर्ने अभियानलाई अनुमोदन गरेका थिए । यसका लागि उनले युद्ध मन्त्रिपरिषद् र सुरक्षा मन्त्रिपरिषद्को बैठक पनि रद्द गरेका थिए ।
प्रधानमन्त्री नेतन्याहु आफैंले शिन बेट सेक्युरिटी सर्भिसको वार रुमबाट यस मिसनको गतिविधिको बारेमा क्षण-क्षण जानकारी लिइरहेको बताइएको छ ।
इजरायलका रक्षामन्त्री योभ गालान्टले यसको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गाजा पट्टीबाट ४ जना बन्धकको रिहाइमा इजरायल निकै खुसी भएको लेखेका छन् । यसअघि इजरायलले फेब्रुअरीमा अपरेसनका क्रममा दुई जना बन्धकलाई उद्धार गरेको थियो ।
अहिलेपनि १२० जनाभन्दा बाढीलाई हमासले बन्धक बनाएको बताइएको छ । उनीहरुको अवस्थाको बारेमा अहिलेसम्म स्पष्ट जानकारी उपलब्ध भएको छैन ।
चीनले अमेरिकाविरूद्ध विश्व व्यापार संगठनमा दियो उजुरी

पुटिन भारत आउनुअघि नै मोदी रूस जान सक्ने

पाकिस्तानमा भेटियो ५ अर्ब ९ करोड टन सुन र तामाको विशाल भण्डार

विश्वको सबैभन्दा महंगो 'निलो हिरा'को हुँदैछ लिलामी

चीन-अमेरिका व्यापार युद्ध : चीनले गर्यो १८ अमेरिकन कम्पनीमाथि कारबाही

चीनले ८४% कर लगाए पछि ट्रम्पले भने: अब अमेरिका सर्नुहोस्’

चीनको अस्पतालमा आगलागी हुँदा जलेर २० जनाको मृत्यु

प्रतिक्रिया