कर्णालीको पुलमा फसेका दुई खच्चरको मृत्यु, १० को उद्धार

काठमाडौँ- कर्णाली नदीको झोलुङ्गे पुलमाथि फसेका दुई वटा खच्चरको मृत्यु भएको छ । उद्धार गर्ने क्रममा पुलमाथि फसेका दुई वटा खच्चरको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले इकागजलाई जानकारी दिए ।
आइतबार बिहान दैलेखको आठबिस नगरपालिका- ६ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुङ्गे पुलको जाली खुस्किएर खुट्टा छिर्दा १३ वटा खच्चर फसेको थियो ।
१० वटा खच्चरको सकुशल उद्धार गरिएको उनले बताए । ‘प्रहरी खटिएर पुलको जाली काटेर नदीमा खसाएर निकालिएको थियो,’ उनले भने,’ नदीमा डुंगा लगेर उद्धार गर्न सकिन्छ भनेर खसालिएको थियो । पानीमा खसालेर उद्धार गर्ने क्रममा दुई वटा खच्चरको मृत्यु भएको हो ।‘
बाँकी खच्चरको पुल सिधा बनाएर उद्धार गर्न प्रयास गरिरहेको उनको भनाइ छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका हुन् । उनले दैलेखबाट अछामतर्फ खाद्यान्न ढुवानी गर्ने खच्चरहरू पुलमा फसेको बताए ।
र, यो पनि
कर्णालीको झोलुङ्गे पुलमाथि जाली खुस्किएर खुट्टा छिर्दा भारी बोकेका १२ खच्चर अड्किए

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया