नेप्सेमा सामान्य गिरावट

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा पुगेको हो ।
त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.५८ प्रतिशतले घटेर ३६८.१८ विन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।
आज नेप्से घटेपनि शुक्रबारको तुलनामा कारोबार रकम वृद्धि भएको छ । आज ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयरबाट ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कोरोबार भएको छ ।
आज इस्टर्न हाइड्रो, शुभम् पावर, सिटी होटल र कुथेली बुखरी स्माल हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । त्यस्तै भगवती हाइड्रोको सेयर ९.९९ प्रतिशतले बढेको थियो । त्यस्तै आज बुद्ध भूमि नेपाल हाइड्रोको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।
आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा बढी ३२ करोड बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै सीईडीबी हाइड्रोको २१ करोड बराबरको कारोबार भएको थियो ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया