महासंघको साधारण सभा रोक्न परेको रिट खारेज

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा रोक्न परेको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त रिट निवेदन खारेज गरेको हो ।
प्रदेश २ उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साहले साधारण सभा र निर्वाचन रोक्न अन्तरिम आदेश माग गर्दै रिट निवेदन दर्ता गरेका थिए ।
अधिवक्ताद्वय रमण श्रेष्ठ र ललितबहादुर बस्नेतले महासंघको साधारण सभा र निर्वाचन रोक्न अन्तरिम आदेश दिन किन मिल्दैन भन्ने सम्बन्धमा बहस गरेका थिए ।
महासंघको ५४औं साधारण सभा आजदेखि शुरु भएको छ । गत वर्ष चैत महिनामा हुनुपर्ने महासंघको साधारण सभा कोभिड–१९ नियन्त्रण र रोकथामका लागि भएको लकडाउन तथा निषेधाज्ञाका कारण दुई पटक सरेर मंसीर ११ देखि १३ का लागि तय भएको हो ।

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

प्रतिक्रिया