गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री पाण्डेले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत नपाएको खण्डमा गण्डकीमा पनि उपधारा ५ बमोजिमको सरकार गठन हुनेछ ।
गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ । तर, कांग्रेससँग २७ सिट मात्रै छ । कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्रको एक मत प्राप्त भएपनि बहुमत पुग्ने देखिँदैन । गण्डकीमा एमालेको सभामुखसहित २२ र माओवादी केन्द्रको ८ सांसद रहेका छन् ।

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_TMtnFW2Gi6_5un2egesepsjmlgvztw7gsdnvn6wrke2rw5siy2adtmmy8v8p2kxyg5mtrvl.jpg)
प्रतिक्रिया