आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

कोका-कोलाले तेलंगानाको ग्रीनफिल्ड प्लान्टमा ७०० करोड भारु लगानी गर्ने

काठमाडौँ- अमेरिकी कम्पनी कोका-कोलाले भारतको तेलंगानामा नयाँ ग्रीनफिल्ड प्लान्टसँगै आफ्नो उत्पादन क्षमता विस्तार गर्न ७ सय करोड भारतीय रुपैयाँ लगानी गर्ने भएको छ ।

कोका-कोलाको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी, हिन्दुस्तान कोका-कोला बेभरेजले प्लान्ट स्थापना गर्नेछ र यसका लागि सम्भावित साइटहरू पहिचान गरिसकेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।

यसका लागि तेलंगाना राज्य सरकारले सहकार्य र सहयोग गर्ने जनाएको छ ।