मोदीको ७१ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौँ - प्रधानमन्त्री नरेन्द्र मोदीको ७१ सदस्यीय मन्त्रिपरिषद्मा ३० क्याबिनेट मन्त्री, ५ राज्यमन्त्री (स्वतन्त्र प्रभार) र ३६ राज्यमन्त्रीहरू समावेश भएका छन्।
भारतीय जनता पार्टीको बहुमत छैन । गठबन्धन सरकारमा तेलुगु देशम पार्टी, जनता दल युनाइटेड, शिव सेना (शिन्दे गुट), लोक जनशक्ति पार्टी (रामविलास), जनता दल सेकुलर, राष्ट्रिय लोक दल, हिन्दुस्तानी अवामी मोर्चा (ह्याम), रिपब्लिकन पार्टी अफ इन्डियासहित कुल ११ मन्त्रीहरू छन्।
अघिल्लो सरकारका तीन चर्चित अनुहार स्मृति इरानी, अनुराग ठाकुर र राजीव चन्द्रशेखर यसपटक सरकारबाट बाहिर छन् । हरियाणाका पूर्व मुख्यमन्त्री मनोहर लाल खट्टर, मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान र कर्नाटकका पूर्व मुख्यमन्त्री एचडी कुमारस्वामीलाई मन्त्रिपरिषद्मा समावेश गरिएको छैन । बिहारका पूर्व मुख्यमन्त्री जीतनराम मांझीलाई पनि मन्त्रिपरिषद्मा स्थान दिइएको छ ।
राजनाथ सिंह, अमित शाह, जेपी नड्डा, निर्मला सीतारमण, एस जयशंकर, नितिन गडकरी र पियुष गोयल मोदीको तेस्रो सरकारमा स्थान पाएका १९ मन्त्रीहरू हुन्। यस पटक भाजपा अध्यक्ष जेपी नड्डाले पनि क्याबिनेट मन्त्रीको सपथ लिएका छन्। पीयूष गोयल, धर्मेन्द्र प्रधान, भूपेन्द्र यादव र ज्योतिरादित्य सिन्धिया पनि लोकसभा सीट जितेर मन्त्री बनेका छन्। ती सबै राज्यसभाका सदस्य थिए।
पहिलो पटक मन्त्री बनेका कूल ३३ मन्त्री छन् भने देशका ६ राजनीतिक परिवारले पनि मन्त्रिपरिषद्मा स्थान पाएका छन् ।

रूसको पुर्वी भागमा ८.८ रेक्टरको शक्तिशाली भूकम्प

चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदा
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_vpSwTPAwPR_jhi5dvwklkc2yylxrtbvtx2wvce6nxvjnjqqdljrawsy0p7fhilfcy0momu7.jpg)
भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु

भारत : सडक दुर्घटनामा १८ हिन्दू तीर्थयात्रीको मृत्यु

अमेरिका-ईयु सम्झौताः व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण

गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त

गाजामा इजरायली हमलामा ३० जनाको मृत्यु

प्रतिक्रिया