तप तप पानी चुहिरहेको गुफामा कृष्ण भगवान तपस्या गर्थे (फोटो/भिडियो)

काठमाडौँको झोर झरना निकै प्रख्यात छ । टोखा नगरपालिका १ को झोर झरना नजिक पर्छ प्राचीन कृष्ण बरुणेश्वर महादेव । ठूला गोलाकार पत्थरको मध्य भागमा रहेको साँघुरो गुफा भित्र कृष्ण बरुणेश्वर महादेवको मन्दिर रहेको छ । मूर्तिसम्म पुग्न छोटो दूरीको सुरुङ छ । एक पटकमा एक जना मात्र जान सकिन्छ । यहाँका पुजारीका अनुसार असार, साउन र माघ महिनामा दर्शनार्थीको भिड लाग्ने गर्दछ ।
साँघुरो गुफा भित्र तप तप पानी चुहिरहेको स्थानमा कृष्ण भगवानले तपस्या गरेको हुँदा यस महादेवको नाम नै कृष्ण बरुणेश्वर महादेव रहन गएको भनाइ छ । अर्को किम्बदन्ती अनुसार पाँच पाण्डवले कैलाश पर्वत जाने सिलसिलामा यही गुफामा तपस्या गरेको बताइन्छ । गुफा अगाडि पाँच पाण्डवको पैतालाको डोबहरू रहेकोले यो कुरालाई केही मात्रामा पुष्टि गर्दछ । यस्तै कृष्ण बरुणेश्वर महादेवको वरिपरि गणेश, पार्वती, नन्दी, नाग देवता, आदिका मूर्तिहरू समेत रहेका छन् ।
काठमाडौँ चक्रपथमा पर्ने सामाखुसीबाट झण्डै १० किलोमिटर दूरी पार गरेपछि पुगिन्छ कृष्ण बरुणेश्वर महादेव । महादेव मन्दिर परिसरसम्म सवारी साधन पुग्दैन ।
शिवपुरी नेशनल पार्क नजिक सवारी साधन रोकेर ओरालो बाटो हिँडेर गएपछि कृष्ण बरुणेश्वर महादेव पुगिन्छ।
यस्तै तारकेश्वर नगरपालिकाको नेपालटार, फुटुंग हुँदै जाँदा उकालो बाटो महादेव परिसरमा निजी सवारी साधनबाट पनि पुग्न सकिन्छ। यो बाटो जाँदा सवारी साधन पार्किङ गरेको ठाउँबाट करिब १० मिनेट उकालो सिँढीबाट सहजै गुफा पुग्न सकिन्छ।
भिडियो हेर्नुहाेस्

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_eC5SuwVaai_rctbtwhkbzwxquf5d15izepbrjmjsl0x621xjwnlxfbwdhw8g1enrkvhusx5.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_OUZ3rinxGt_xiairzlxsam0g6yfbnpydvjkpps9d177e7yl6thqzqvzrohuxwdeepobeqmv.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया