जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी : उपराष्ट्रपति यादव

काठमाडौँ - उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनका कारण हुनसक्ने प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताएका हुन् ।
जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहनाका कारण निम्तिन सक्ने चुनौती प्रति गम्भीर हुनुपर्ने उनले बताए । उनले वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्ने भएकाले निजी वनको दिगो व्यवस्थापन आवश्यक रहेको धारणा राखे ।
उपराष्ट्रपति यादवले वनको दिगो विकासका चुनौतिहरुलाई अवसरका रुपमा परिणत गर्नका लागि सबै निकायबीचको सहकार्य आवश्यक रहेको बताए ।

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

छोरीको कलायात्राले चित्रकार बनेकी कृपा

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

प्रतिक्रिया