मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो

काठमाडौँ - राष्ट्रियसभाको आज बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेस गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न, स्वनियमनलाई प्रवद्र्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षण गर्न स्वायत्त नियामक निकायका रुपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन गर्न नयाँ कानुनको आवश्यकता रहेकाले यो विधेयक गत वैशाख १३ गते राष्ट्रियसभामा दर्ता गरिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो विधेयक दर्ता गराएकी हुन्।
राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरेका थिए ।
नेपालको संविधान, २०७२ अनुसार सङ्घीय सरकारको एकल अधिकार क्षेत्रभित्र रहेको सुरक्षित छापाखाना स्थापना तथा सुरक्षण मुद्रण सामग्रीको देशभित्रै सुरक्षित, भरपर्दो र गुणस्तरीय मुद्रण केन्द्रको स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा उपयुक्त कानुनी व्यवस्था गर्न तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले २०७७ असार २४ गते यो विधेयक राष्ट्रियसभामा दर्ता गराएका थिए ।
यो विधेयकमा सुरक्षण मुद्रण केन्द्रको स्थापना गरी सुरक्षण मुद्रणको कार्य सञ्चालन गर्ने व्यवस्था तथा सुरक्षण मुद्रणको कार्य गरेबापत प्राप्त हुने शुल्क, नेपाल सरकारबाट प्राप्त अनुदान तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्राप्त सहयोग परिचालनसम्बन्धी व्यवस्थाहरू राखिएका छन् । यस्तो शुल्क, अनुदान तथा सहयोगबाट प्राप्त हुने रकम राख्न सुरक्षण मुद्रण केन्द्रको छुट्टै कोष रहने र मुद्रण केन्द्रका तर्फबाट गरिने सम्पूर्ण खर्च कोषमा जम्मा भएको रकमबाट व्यहोरिने व्यवस्था विधेयकमा गरिएको छ ।
राष्ट्रियसभाको अर्को बैठक यही जेठ २९ गते मङ्गलबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेछ ।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

प्रतिक्रिया