गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौँ - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । उनको पक्षमा ३१ मत परेको छ भने विपक्षमा २८ मत परेको छ । सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको जानकारी दिए ।
प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए ।
उनलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले मत दिएका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

भेडी गोठाला भन्छन्- सरकारले न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

आजदेखि आयो पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा आयो

गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ

‘बसेपनि सहरः गाउँकै खाने रहर’

ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार

प्रतिक्रिया