टी-२० विश्वकप : बंगलादेशमाथि दक्षिण अफ्रिका ४ रनले विजयी

काठमाडौँ- दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको गएराति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको हो । दक्षिण अफ्रीकाले दिएको ११४ रनको लस्क्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन मात्र बनाएको थियो ।
बंगलादेशका लागि तोविद हृदोयले सर्वाधिक ३७ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका बलर केसब महाराजले ३ तथा कागीसो राबाडा र एनरीच नोकियाले २-२ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउदै ११३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ तथा डेविड मिलरले २९ रन बनाएका थिए ।
यो यस विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित हो । समुह डी मा ३ खेलमा ६ अंक हासिल गर्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ । त्यस्तै बंगलादेशको भने २ खेलमा यो पहिलो हार हो । बंगलादेशले यसअघि श्रीलंकालाई पराजित गरेको थियो ।
अब बंगलादेशले अर्को खेल १३ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ भने दक्षिण अफ्रिकाले जुन १७ मा नेपालसँग खेल्ने तालिका रहेको छ ।

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_6qXmQddoOh_ulhaeidvc2ceb0mb8v2nzxpsmklqoyitc3zwajluvdebnokrxccmmvdqgonb.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

प्रतिक्रिया