विश्वकप छनोटः नेपालले यमनको सामना गर्दै

काठमाडौँ- फिफा विश्वकप छनोट-२०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज राति यमनको सामना गर्दैछ ।
छनोटको दोस्रो चरणअन्तर्गत नेपाल र यमनबीचको खेल साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ११:४५ मा सुरु हुने तालिका रहेको छ ।
छनोटका लागि समूह 'एच' मा रहेको नेपालले यसअघिका पाँचवटै खेलमा पराजय भोगिसकेको छ ।
त्यतिमात्र नभएर पाँच खेलमा १८ गोल खाँदा नेपालले अहिलेसम्म एक गोल पनि फर्काउन सकेको छैन ।
यमनविरुद्धको खेल नेपालका लागि छनोटको अन्तिम खेल हो । र अन्तिम खेलमा नेपाल जितको खोजीमा हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया