आईसीसीले नेपाली टिमको सूचीमा राख्यो सन्दीपको नाम

काठमाडौँ- इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि नेपाली टिममा पूर्व कप्तान सन्दीप लामिछानेको नाम राखेको छ ।
आईसीसीले मंगलबार सन्दीपको नाम राखेसँगै नेपाली टिममा १६ खेलाडी अटाएका छन् ।
आईसीसीको वेबसाइटमा समेटिएको नामावली अनुसार टिममा सन्दीपसँगै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल मल्ल, आशिफ शेख, अनिल साह, अविनाश बोहरा, कमल सिंह ऐरी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सागर ढकाल र सोमपाल कामी रहेका छन् ।
सन्दीप नेपाली टिममा परेपनि समूह 'डी' अन्तर्गत बुधबार बिहान अमेरिकामा हुने श्रीलंकाविरुद्धको खेलका लागि सन्दीप अनुपस्थित हुनेछन् ।
अमेरिकाले भिषा नदिएका कारण सन्दीपले अमेरिकाको दुवै खेल गुमाउने पुगेका हुन् । तर उनी वेस्ट इन्डिजमा हुने दुवै खेलमा सहभागी हुन पाउने भएका छन् । उनी वेस्ट इन्डिज पुगिसकेका छन् ।
नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल वेस्ट इन्डिजमा खेल्दैछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया