बुधबार १७ बैशाख, २०८२
Wednesday, April 30, 2025

किसानको ४ अर्ब दुधको पैसा छिटो भुक्तानी गर्न सरकारलाई दीपक सिंहको माग

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक सिंहले हावाहुरीबाट क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सिंहले देशभरका किसानहरूलाई पर्याप्त मात्रामा मल उपलब्ध गराउन पनि माग गरेका छन् ।

उनले भने, 'दुध किसानहरूले अहिलेसम्म नपाएको ४ अर्ब र मकवानपुरका किसानको ५० करोड बाँकी भएकाे रकम तुरुन्त उपलब्ध गराउनु।'