गण्डकीमा मन्त्रिपरिषद् विस्तार : देवकोटा र मनाङे बने मन्त्री

काठमाडौँ- गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार बिहान ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्विप जारी भए पनि मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका थिए । देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ । नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारबाही गर्न नमिल्ने बताएको छ ।
यो सँगै गुरुङ गण्डकीमा छैटौँ पटक मन्त्री भएका हुन् ।
कांग्रेसका टेकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यस अघि नै नियुक्त भइसकेका छन् ।

वाइसीएलका अध्यक्षमा पुष्प ओली

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

प्रतिक्रिया