मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मी हुने

काठमाडौँ- मध्य तथा पश्चिमी तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नु तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ ।
महाशाखाले आज तातो दिन र तातो लहरसम्बन्धी विशेष बुलेटिन प्रकाशित गरी ती भू-भागमा यही जेठ २९ गतेदेखि ३१ गतेसम्म तीन दिन तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको हो ।
तातो हावा तथा तातो लहरका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ताआदि हुनसक्ने सम्भावित असरहरू देखिन्छ ।
यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वतआदि) प्रशस्त मात्रामा पिउन महाशाखाले सुझाएको छ । रासस

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_AIiwgb19MB_rgyy1zaemxtyo6utugqnvixweklmombssbv5hlurbupbkalleopmxgudkffo.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

प्रतिक्रिया