मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
जनकपुर- मधेश प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आजको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रममार्फत सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
संवैधानिक व्यवस्थाअनुसार नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरी पारित भएपछि असार १ गते बजेट ल्याउनुपर्ने छ । यहाँ केही दिनअघि जनमत पार्टीको नेतृत्वमा मधेश सरकार गठन भएको छ ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया