नेपाल भर्सेस श्रीलंका : वर्षाले टस हुन सकेन

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकाको सामना गर्दैछ । तर भारी वर्षाका कारण निर्धारित समयमा टस हुन सकेको छैन ।
वर्षाका कारण मैदान भिजेकाले अहिले मैदानमा कभरमाथि रहेको पानी हटाउने काम भइरहेको छ ।
जारी विश्वकपका नेपालले दोस्रो खेल खेल्दै गर्दा श्रीलंकाको यो तेस्रो खेल हुनेछ । यसअघि नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको पराजय भोगेको थियो ।
यता श्रीलंकाले भने पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ६ विकेटको हार भोग्दा दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको पराजय बेहोरेको थियो ।
त्यसैले 'सुपर ८' को सम्भावना कायमै राख्न श्रीलंकाले भोलिको खेलमा नेपाललाई पराजित गर्नुपर्ने हुन्छ । यता नेपालले पनि अघिल्लो चरणको सम्भावना बलियो बनाउन श्रीलंकामाथि विजयी हात पार्नुपर्ने हुन्छ ।
अघिल्ला दुई खेलमा पराजय भोगेका कारण श्रीलंकाको मनोबल कमजोर भएको आंकलन गरिएको छ भने नेपालले पनि त्यसकै फाइदा उठाएर भोलिको खेलमा श्रीलंकालाई पराजित गर्ने लक्ष्य राखेको छ ।
नेपाली टिमका कप्तान रोहित पौडेलले पनि श्रीलंकालाई स्तब्ध पार्नेमा आफूहरू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।
जारी विश्वकपमा एसोसिएट राष्ट्रले टेस्ट राष्ट्रमाथि जित हात पारिराख्दा नेपालले पनि श्रीलंकाविरुद्ध अप्रत्याशित नतिजाको अपेक्षा गरेको छ ।
रोहितले आफूहरूले गरेको तयारी अनुसार श्रीलंकालाई पराजित गर्न सक्ने बताए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया