कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ- हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हावाहुरी, मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

मिथिलामा ‘झुला’ पर्व सुरु

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

दाजुको हत्या गरी फरार युवक पक्राउ

ट्राफिक नियम नमान्दा गन्तव्यमा नपुग्दै गुम्छ जीवन

७५ लाख नगदसहित पोखराबाट तीन जना कारोबारी पक्राउ

बिहानै कागती हालेर मनतातो पानी पिउनुको साइड इफेक्टहरू

प्रतिक्रिया