वर्षाको कारण नेपाल र श्रीलंकाको खेल रद्द, बाँडे १-१ अंक

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आज नेपाल र श्रीलंकाको खेल रद्द भएको छ ।
वर्षाको कारण खेल रद्द भएको हो ।
नेपाल र श्रीलंकाले टोलीले १-१ अंक बाँडेका छन् ।
यसअघि नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको पराजय भोगेको थियो ।
यता श्रीलंकाले भने पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ६ विकेटको हार भोग्दा दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको पराजय बेहोरेको थियो ।
नेपाली टिमका कप्तान रोहित पौडेलले पनि श्रीलंकालाई स्तब्ध पार्नेमा आफूहरू विश्वस्त रहेको प्रतिक्रिया दिएका थिए ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया