म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

म्याग्दी- जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो ।
बेनी बजारदेखि १२.५ किलोमिटर मङ्गला गाउँपालिका– २ सिमसम्म कालोपत्र गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर हुदै रणवाङको सिमानासम्म पुर्याएको छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग रु. १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।
चौबिस किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एक मात्र मार्ग हो । रासस

भिरमहको उत्पादन घट्यो

टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
पाउद्वारमा खेलमैदान निर्माण

बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो
दूध र मह बिक्रीबाट मनग्य आम्दानी
_5etF0NShEN_vcu6u2yo5gykpqtafmdad6fwetenaeit9vdaiqj8lm01tlrfpfy9p51lesks_DJ9vAk3VF6_3wuyqyrygbhizeeqcsyczmrrtclxrtvvpcyxudjup8cbbx1gfajsctd7hdbv.jpg)
राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण

भूमिहीनलाई लालपुर्जा वितरण

प्रतिक्रिया