क्यानका पदाधिकारीले अमेरिकामा आर्थिक अनियमितता गरे छानबिन गर्नुपर्छ : भीम आचार्य

काठमाडौँ - नेकपा एमालेका सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले अमेरिकामा आर्थिक अनियमितता गरेको भन्दै छानबिन समिति बनाउन माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले क्यानका पदाधिकारीले अमेरिकामा अवैध रुपमा सहयोग संकलन गर्ने र उनीहरुको मिलोमतोमा महङ्गोमा नेपालको जर्सीसमेत बिक्रीवितरण भइरहेको गुनासो आएकाले छानबिन समिति बनाउन माग गरेका हुन् ।
उनले विश्वकप खेल्ने नेपाली खेलाडीहरूलाई होटलमा उभ्याएर चन्दा उठाएको आरोप लगाए । खेलाडीले हस्ताक्षर गरेको खेल सामाग्रीहरू पनि मर्यादाहीन ढंगले बिक्रीवितरण गरेको र त्यसको लाभ क्यान पदाधिकारीले लिएको उनको आशंका छ ।
त्यस्तै उनले विश्वकप खेल्नका लागि क्यानको कमजोरीका कारण सन्दीप लामिछाने समयमा नै खेलमा सहभागी हुन नपाएको बताए । नेपाली टिमलाई पराजित गर्नका लागि क्यान पदाधिकारी नै लागेको उनको भनाइ छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया