‘गिरीबन्धुलाई सित्तैमा सरकारी जग्गा दिएकोजस्तो भ्रमपूर्ण र गलत प्रचारबाजी तथा घोचपेच भयो’

काठमाडौँ - गिरीबन्धु टी–इस्टेट प्रालिले परिवारको निजी जग्गामा चिया बगानको लागि प्रचलित कानुनबमोजिम हदबन्दीसम्म छुट लिएको दावी गरेको छ ।
बुधबार झापामा पत्रकार सम्मेलन गर्दै गिरीबन्धु टी–इस्टेटले गिरीबन्धु आफूहरूको निजी सम्पति भएको भन्दै चिया बगानको लागि प्रचलित कानुनबमोजिम हदबन्दीसम्म छुट लिएको दावी गरेको हो ।
गिरीबन्धु टी–इस्टेटका अध्यक्ष छत्र गिरीले गिरीबन्धुलाई सित्तैमा सरकारी जग्गा दिएकोजस्तो भ्रमपूर्ण र गलत प्रचारबाजी तथा घोच–पेचहरूमा तथा सामाजिक सञ्जालहरूमा सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाए । २०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुन अघिनै गिरीबन्धुले चिया खेती विस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उनले बताए ।
२०२० सालमा कम्पनी स्थापना गरी सञ्चालनमा आएको ठाउँमा वस्ती विस्तार भई बिर्तामोड बजारको विकास भएको र एउटै स्थानमा लामो समयदेखि चिया बगान रही माटोको उर्वर शक्तिमा ह्रास आएकाले चिया उत्पादनमा ७० प्रतिशतसम्म ह्रास आएको अवस्था भएकाले चिया मजदुरको रोजीरोटीमा समेत समस्या थपिँदै गएको गिरीले बताए ।
उनले उक्त परिस्थितिका कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जनदबाब आएकाले उपयुक्त ठाउँमा चिया बगानको व्यवस्था गर्ने गरी, जग्गा सट्टा–पट्टाको लागि निवेदन गरिएको प्रष्ट पारे ।
उनले अदालतबाट समेत चिया बगानको लागि सट्टा–भर्नाको जग्गाको सुनिश्चतता, मजदुरको रोजीरोटीको समस्याबाट वञ्चित नगर्ने, सट्टा–भर्ना लिने जग्गाको मूल्यको आधार र चिया उत्पादनको लागि हदबन्दी छुट लिएकाले सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने आदेश आएकाले आवश्यक प्रक्रिया पूरा गरेर उपयुक्त निर्णयमा पुग्ने जानकारी दिए ।
_9LbSg2pd7Q_kqncchvahn7cp8xwtjmkpwz0abdkrxd2jalbpmhxtsmf5gngyooiedyhuqmq_uVJaduSekp_i9pukic9exukkcmprsqmaaedep3uvgypdm3x8j5trdemgu6c2elkmzaazagd.jpg)
प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत

पुष्प मेलामा एक करोड बढीको कारोबार

उखु अभावले ‘क्रसिङ’ लक्ष्य हासिल भएन, उद्योग एक महिनाअघि नै बन्द

विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय, सागसब्जी बेचेर मासिक एक लाख आर्जन

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

सामुहिक मकै खेती गर्दै ताप्लेजुङका किसान

प्रतिक्रिया