तेस्रो पटक प्रधानमन्त्री बनेपछि मोदी पहिलो विदेश भ्रमणमा इटाली जाने

काठमाडौँ - तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलो विदेश भ्रमणमा इटाली जाने भएका छन् । जी सेभेन शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी बिहीबार इटालीको अपुलिया जानेछन्। परराष्ट्र सचिव विनय मोहन क्वात्राले पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
उनले भने, ‘इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदी ५० औं जी सेभेन शिखर सम्मेलनमा भाग लिन भोलि इटालीको अपुलिया जानेछन् ।'यो शिखर सम्मेलन जून १४ मा इटालीमा हुनेछ, जहाँ भारतलाई आउटरिच देशको रूपमा आमन्त्रित गरिएको छ।'
परराष्ट्र सचिवले भने, 'तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण हुनेछ। यसले जी सेभेन शिखर सम्मेलनमा उपस्थित अन्य विश्व नेताहरूसँग महत्वपूर्ण विषयमा छलफल गर्ने अवसर पनि दिनेछ।'
यस शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जापानी राष्ट्रपति फुमियो किशिदा र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि सहभागी हुनेछन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीका प्रधानमन्त्री जर्जियो मेलोनीसँग पनि भेट गर्नेछन्। भारत जी सेभेनको सदस्य होइन तर आउटरिच देशको रूपमा निमन्त्रणा गरिएको छ।

चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदा
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_7QQ7nRtZz1_ytdx0htgf3cqfd8wgcvkiimu7zmc7qxl9xgz7xj9bjaqxwwchuv3jsrccrrg.jpg)
भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु

भारत : सडक दुर्घटनामा १८ हिन्दू तीर्थयात्रीको मृत्यु

अमेरिका-ईयु सम्झौताः व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण

गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त

गाजामा इजरायली हमलामा ३० जनाको मृत्यु

रूसी आक्रमणमा २५ युक्रेनीको मृत्यु,

प्रतिक्रिया