स्वास्थ्य बीमा बोर्डको कोशी प्रादेशिक कार्यालयमा तालाबन्दी

काठमाडौँ - विगत तीन दिन देखि आन्दोलनरत कोशी प्रदेशका स्वास्थ्य बीमा दर्ता सहयोगीहरूले विराटनगरस्थित स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।
न्यूनतम् प्रोत्साहन रकम १० प्रतिशतबाट वृद्धि गरी २५ प्रतिशत पुर्याउन माग गर्दै स्वास्थ्य बीमा दर्ता सहयोगीहरू आन्दोलनरत रहेका छन् । उनीहरुले आफ्नो माग पुरा गराउन दबाव दिनको लागि बुधबारदेखि स्वास्थ्य बिमा बोर्डको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
आफ्नो मागहरूको सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरुले जनाएका छन् । योगदान रकमको १० प्रतिशत सेवा सुविधा पाउँदै आएका दर्ता सहयोगीहरुको महालेखा परीक्षकको कार्यालयले बेरुजू देखाएपछि आयकर कट्टी एक प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको हो ।
तालाबन्दीका कारण स्वास्थ्य बीमाको प्रतिलिपि लिन आउने सेवाग्राहीहरु बढी प्रभावित भएको स्वास्थ्य बिमा बोर्डका प्रदेश कार्यालयले जनाइएको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया